जेष्ठ १४ गते तपाईंको दिन कति शुभ ?

0 Shares

आज मिति २०८२ जेष्ठ १४ गते बुधबार । संन् २०२५ मे २८ तारिख । नेपाल सम्बत ११४५ तछलाथ्व पारु नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल प्रतिपदा तिथि । आज बिहान ५ बजेर ९ मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर ५३ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः

मेष

आजको दिन अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहने देखिन्छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । आज तपाइले सोचेको काम सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । नजिकका साथीभाइ टाढिन सक्छन् । आफन्तबाट टाढिनुपर्ने देखिन्छ ।

बृष

बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । आज काम बिग्रने डरले सताउला । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नु उचित होला । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिने देखिन्छ ।

मिथुन

कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन् । धर्मकर्ममा आकर्षण बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्ने छ । आज धनलाभको संभावना छ, साथै टाढाको यात्राको पनि योग रहेको छ ।

कर्कट

पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका जुर्ला । ठूलै फाइदाको आश्वासन पनि पाइने देखिन्छ । विशेष योजनाहरू बन्नेछन् भने टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । जोखिमका बाबजुद काम गर्ने तपाईंको शैलीको धेरैले तारिफ गर्ने छन् । साथीभाइको सहयोग प्राप्त हुनेछ । रोकिएको काम बन्ने छ ।

सिंह

मिश्रित फलदायी समय छ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ तर असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला । बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ । आज अनायसै धन खर्चनुपर्ने आवश्यकता पर्न सक्छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् ।

कन्या

अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा हुनेछ । लाभांश सञ्चय नहुन सक्छ । यात्रागत कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । साथीभाइको सहयोग प्राप्त हुनाले पराक्रम बढ्ला । समस्याको समाधान मिल्ने छ । पारिवारिक जमघटमा मन रमाउला ।

तुला

काममा लगानीको समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । विदेश भ्रमणका लागि प्रयत्न गर्दा सफलता हात लाग्नसक्छ । धन आर्जन गर्ने मौका जुर्ला । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त होला ।

वृश्चिक

ब्यस्तताका साथै खर्चको मात्रा बढ्ने देखिन्छ । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । तथापि, मेहनतले प्रशस्त लाभ उठाउन सकिने समय छ । व्यापारमा पनि राम्रै फाइदा होला । विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त हुनेछ तर सहयोगी भनिएकाहरूबाट अलिक धोका पाइने सम्भावना छ, सचेत रहनुहोला ।

धनु

हुने काम प्रारम्भ गर्ने समय छ भने गरिएका कामको राम्रै मूल्यांकन होला । साझेदारीमा पनि फाइदा हुनेछ । तर, उपहारका नाउँमा बिग्रेको बस्तु हातलागी हुने योग छ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । स्वास्थ्य केही कमजोर रहन सक्छ, सजग रहनुहोला । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ ।

मकर

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । प्रतिष्ठा कमाउने बेला छ । विभिन्न अवसरले पछ्याउनेछन् । रोकिएका काम बिस्तारै बन्ने छन् भने नयाँ कामसमेत हात पर्ने छ । बोलीको प्रभाव एवं कार्यसम्पादनको क्षमता बढ्ने छ । तथापि, अनावश्यक वादविवादमा परिने योग छ ।

कुम्भ

सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिएला, तर होसियारीसाथ काम लिनुपर्ने समय छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । कृषिकर्म र व्यावसायिक काममा राम्रै फाइदा हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि फाइदा हुनेछ । मिहेनतले कीर्ति दिलाउनेछ, धन बढ्नेछ ।

मीन

दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ । भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउने योग छ । चुनौतीहरू स्वतः हट्नेछ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ, ध्यान राख्नुहोला ।

सम्बन्धित समाचार