जेष्ठ १३ गते तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?

0 Shares

आज मिति २०८२ जेष्ठ १३ गते मंगलबार । सन् २०२५ मे २७ तारिख । नेपाल सम्बत ११४५ बछलागा आमै नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ कृष्ण औँसी तिथि । आज बिहान ५ बजेर ९ मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर ५२ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः

मेष

आजको दिन केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनसक्छ । तापनि समुदायको हकहितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिएला । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिने छ ।

बृष

मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिने समय छ । सहयोगीले राम्रो साथ दिने छन् भने रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्न सकिने छ । विभिन्न भौतिक साधन जुट्ने छन् । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रगतिको दर बढ्नेछ, आनन्द मिल्नेछ ।

मिथुन

विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । रचनात्मक काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । सुखद समाचार प्राप्त हुने योग छ । स्वास्थ्य सबल रहने छ र काममा पनि फाइदाको योग छ ।

कर्कट

केही समस्या देखिए पनि राम्रैसँग धन आर्जन हुने समय छ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । गरिएका कर्मको उचित प्रतिफल पाइएला । व्यावसायिक यात्राको सम्भावना पनि देखिन्छ । दाम्पत्य जीवन रमाइलो रहला । साझेदारीको काममा भने समस्या आउन सक्छ ।

सिंह

प्रियजनसँगको भेटघाटले दिन रमाइलो बने पनि बेसुरमा वचन दिने बानीले दुःख पाइने समय छ । नजिकका साथीभाइ टाढिन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । आजको दिन व्यवसायमा विशेष लाभ लिने प्रयत्न गर्नु वान्छनीय छ ।

कन्या

आजको दिन विभिन्न अवसरले पछ्याउने छन् । बोलीको प्रभाव बढ्नेछ भने ठीक समयमा सही निर्णय लिन सकिनेछ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । परिवारजन तथा बन्धुबान्धवबीच आत्मीय भाव बढ्ने छ । व्यवसायबाट विशेष लाभ मिल्ने योग छ ।

तुला

कार्य सम्पादन गर्ने क्षमता बढ्ने छ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने समय छ । महत्वाकांक्षी योजना फलीभूत होलान् । प्रेमभाव बढ्ने छ भने आरोग्यता रहने छ । साहसिक काममा आकर्षण बढ्ने छ । तर, केही अवसर फुत्कन सक्छन्, सचेत रहनुहोला ।

वृश्चिक

मिश्रित फलदायी समय छ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । स्वादिष्ट भोजनको आनन्द मिल्ला । तपाईंका विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । सरकारी कडिकडाउको सिकार भइने सम्भावना छ, सजग रहनुहोला ।

धनु

परिस्थिति तपाईंका लागि अलिक प्रतिकूल रहने देखिन्छ । दौडधुपमा समय बित्ने र अरूको फाइदाका लागि उपयोग भइने समय छ । काम बिग्रने डरले सताइरहनेछ । थिचोमिचो गर्नेहरूले सताउन सक्छन् । चोरी वा ठगीमा परिने योग छ, आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनु हितकर होला ।

मकर

दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्ने छ भने लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विशेष सभा समारोहमा भाग लिने अवसर प्राप्त होला । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइने छ, सचेत रही ब्यवहार गर्नु होला ।

कुम्भ

आजको दिन भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्ने छन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ । साथ दिनेहरू बढ्ने छन् । प्रतिष्ठा, मान-सम्मान आदि पाइने छ ।

मीन

समय फुर्सदिलो रहनेछ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले इच्छाशक्ति बढ्ने छ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिने छ । स्वास्थ्य केही प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिने छ । लेनदेनको विवादले अप्ठ्यारो पर्नसक्ने योग छ । पढाइलेखाइमा जाँगर कमै लाग्ला ।

सम्बन्धित समाचार