आज मिति २०८२ साल जेठ १२ गते सोमबार । जेठ कृष्ण पक्षको चतुर्दशी तिथि । बटसावित्री व्रत । तदनुसार सन् २०२५ मे २६ तारिख । अब सुरु गरौँ आजको राशिफलः
मेष
दिन सुखदायी नै रहने देखिन्छ । काममा मातापिताको सहयोग प्राप्त होला । विशिष्ट व्यक्तिको विचारले सकारात्मक प्रभाव पैदा गर्न सक्छ । व्यापारमा लाभ हुनेछ भने समाजमा प्रतिभाको कदर हुनेछ । धर्मकर्ममा रुचि बढ्ला । खेलकुद तथा कलाकारिता क्षेत्रमा रहनेहरुको लागि समय उत्साहप्रद देखिन्छ ।
बृष
आकस्मिक यात्राको समय छ । जग्गाजमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन्, सजग रहनुहोला । समाजमा कुरा काट्नेको कमी हुने छैन । सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिने छ ।
मिथुन
समय केही चुनौतीयुक्त रहने देखिन्छ । नियमित कार्यमा थकानको अनुभव हुनेछ भने आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्ने योग छ । अप्रिय समाचार सुन्नुपर्दा मन खिन्न हुनेछ । खर्चवृद्धिले सताउन सक्छ । विश्वास गरेकाबाट धोका हुन सक्छ, सावधान रहनुहोला ।
कर्कट
आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिने छ । धनार्जनको विशेष अवसर मिल्ने सम्भावना छ । अरुको मनजित्न सजिलै सकिएला । अनुकुलताका बाबजुद मनमा खराब विचारहरुले डेरा जमाउन सक्ने र मानसम्मानमा आघात पुग्ने योग छ।
सिंह
कामको उच्च मूल्याङ्कन र बोलीको कदर हुनेछ समय छ । कुनै विशेष खुशीको समाचार सुन्न पाइएला । सोचेका विशेष योजनामा काम गर्ने वातावरण मिल्ला । दिनदुःखीलाई दिएको सहयोगले मन प्रफुल्ल तुल्याउला । रोकिएको काम बन्न सक्छ, उचित ठाउँमा धन लगानी गर्ने अवसर जुर्ने देखिन्छ ।
कन्या
समय शुभदायी छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहला । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । पुराना इष्टमित्र र प्रेमीप्रेमिकाको मिलन हुने समय छ । बिग्रिएका कामहरु बन्नाले उत्साह वृद्धि होला ।
तुला
आजको दिन विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । व्यापारमा हानी र कर्मचारीले अपजस व्यहोर्नुपर्ने योग छ । यात्रा घातक बन्नसक्ने देखिन्छ, आजको दिन यात्रागत कार्य थाती राख्नु उचित हुनेछ ।
वृश्चिक
पारिवारिक समस्याले मन खिन्न हुने देखिन्छ । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन । मातापिताको स्वास्थ्यमा केही कमजोरी आउन सक्छ ।
धनु
नसोचेका कामहरु बन्ने दिन छ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि होला । मिष्ठान्न भोजन प्राप्त हुनेछ । पठनपाठनमा प्रगति हुने र विपरीतलिङ्गीबाट सहयोग मिल्ने देखिन्छ । धन आर्जन गर्ने मौका जुर्ला । नियमकानूनले साथ दिनाले दायित्व पूरा गर्ने सफलता मिल्नेछ ।
मकर
समय मनोरञ्जनपूर्ण रहनेछ । व्यावसायिक यात्राको सम्भावना छ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । व्यवसायबाट राम्रै फाइदा उठाउने मौका मिल्ला । प्रतिस्पर्धीहरूले हार खान सक्छन् । पशुधन र जमिनबाट लाभ मिल्ने छ ।
कुम्भ
बौद्धिक र सृजनात्मक कर्ममा सफलता मिल्ने समय भए पनि सानातिना काम र घरेलु समस्यामा नै समय ब्यतीत हुने देखिन्छ । शुभचिन्तकहरूले तपाईंका कमजोरीप्रति गुनासो गर्न सक्छन् । वादविवादमा फँस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुने योग रहेकाले विशेष सावधानीको खाँचो छ ।
मीन
परोपकार र धार्मिक क्षेत्रमा मन जानेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । दाम्पत्यजीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानीको बाटो पनि खुल्ने योग छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला ।