घर लिप्ने माटो खन्दा पुरिएर महिलाको मृत्यु

0 Shares

काठमाडौं । जाजरकोटमा माटोको ढिस्कोले पुरिँदा महिलाको मृत्यु भएको छ ।

जिल्लाको छेडागाड नगरपालिका ३ हाडेतोला बस्ने ५५ वर्षीया हरिकला अधिकारीको मृत्यु भएको छेडागाड नगरपालिकाका नगर उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए ।

मंगलबार दिउँसो घर लिप्न माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा घाइते भएकी अधिकारीको बिहीबार बिहान मृत्यु भएको हो ।

सम्बन्धित समाचार