आज मिति २०८२ जेष्ठ ११ गते आइतबार । सन् २०२५ मे २५ तारिख । नेपाल सम्बत ११४५ बछलागा त्रयोदशी तिथि । आज बिहान ५ बजेर १० मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर ५१ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः
मेष
कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने समय छ । नयाँ आयस्रोत प्राप्त हुने देखिन्छ । मिठो भोजन प्राप्त होला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । अनुकूलता वृद्धि होला । आमोद प्रमोदमा रमिरहनु हुनेछ ।
बृष
सुखदानुभूतिले पछ्याउने दिन छ । परिवारमा खुशीको माहोल छाउनेछ भने नयाँ ठाउँको यात्रा हुने योग छ । पुराना साथीसंगको भेटघाटले मन हर्षित रहला । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्षणहरु आउने छन् । टाढाको यात्राबाट धन आर्जन हुने योग छ ।
मिथुन
आजको दिन केही चुनौतीयुक्त रहला । दैनिक प्रयोगको सामान बिग्रनाले अर्थहानी हुनसक्छ । स्वास्थ्य केही कमजोर रहनुका साथै ब्यस्तता वृद्धि हुने देखिन्छ । महत्वपूर्ण काममा सफलता पाउन कठिन पर्ला । कुनै नयाँ समाचारले खिन्नता बढ्न सक्छ ।
कर्कट
सोचेको विशेष काममा बाधा ब्यहोर्नुपर्ला । मिहेनतअनुसार फल भने थोरै मिल्ने समय छ । तथापि, मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । अरुको काम धेरै गर्नुपर्ने योग छ । छरछिमेकमा केही असमझदारी बढ्नसक्छ, तर खास हानी पुग्दैन ।
सिंह
धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइने समय छ । तर, शारीरिक अस्वस्थताको सम्भावना छ, सजग रहनुहोला । प्रेमभाव जागृत हुनुका साथै रसरागमा आकर्षण बढ्ने देखिन्छ । दाम्पत्यसुख बढ्ने छ । मित्रजनको साथ मिल्ने छ ।
कन्या
व्यावसायिक काम बीचमा अवरुद्ध बन्नसक्ने तथा काममा केही चुनौती देखिनसक्ने समय भएपनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला । साहस वृद्धिले सुख बढ्ने छ । यात्रागत कार्यमा सफलता प्राप्त होला । साथीभाइको सहयोग प्राप्त हुने योग छ । मान महत्व बढ्ने छ ।
तुला
आजको दिन साहसिक काममा आकर्षण बढ्नेछ । कार्य व्यपारमा सफलता प्राप्त होला । तथापि, छरछिमेकसँग सामान्य मनमुटाव हुने देखिन्छ । कुरा काट्नेहरु बढ्ने छन् । ठूला व्यक्तिबाट आलोचना हुनसक्छ, सजग रहनु होला । आजको दिन हातहतियारबाट जोगिन विशेष प्रयत्न गर्नु हितकर होला ।
बृश्चिक
ब्यस्तता वृद्धि हुने दिन छ । कुनै काममा झमेलाको सामना गर्नुपर्ला । जागिरमा केही अल्छीपन छाउला । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन दिँदैनन्, तथापि धनमान प्राप्तिको योग छ । समाजसेवा तथा राजनीतिमा वर्चस्व बढाउन सकिने छ । रोकिएको काम मिहिनेतले बन्ने छ ।
धनु
सोचेको विशेष काम पूरा हुन सक्ने दिन छ । सामाजिक उत्तरदायित्व हासिल हुनाले प्रतिष्ठा वृद्धि होला । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका जुर्नेछ । पराक्रम बढ्नुको साथै आत्मविश्वासले उचाइ छुनेछ । अध्ययन तथा अध्यापन कार्यमा मन नजाला । मिठो भोजन प्राप्त हुनेछ ।
मकर
शुभदायी समय छ । प्रायः सबै कामहरू बन्नेछन्, आर्थिकलाभ प्राप्त होला । आम्दानीको नयाँ श्रोत फेला पर्ने देखिन्छ । ठूला व्यक्तिको विश्वास सजिलै लिन सकिने योग छ । बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ भने ब्यापार–व्यवसायमा पनि फाइदा होला । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता र सुख बढ्ने छ ।
कुम्भ
कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने समय भएपनि घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती या कमजोरीका कारण तनाव सिर्जना हुन सक्छ, संयमता धारणको प्रयत्न गर्नु उचित होला ।
मीन
विशेष कार्यमा नजिकको नातेदारको समर्थन पाउने दिन छ, रुपैयापैसा तथा अन्नको लाभ हुने देखिन्छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी होला । कृषि तथा पशुपालनमा विशेष फाइदा हुनेछ ।