0
Shares
काठमाडौं । गायक राजेशपायल राई पक्राउ परेका छन् । काठमाडौंको अनामनगरबाट उनीसहित ८ जना पक्राउ परेका हुन् ।
मदिरा पिएर होहल्ला गरेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि राति २ बजेतिर उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा उल्टै प्रहरीलाई धम्की दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा तीन जना कलाकार छन् भने पाँच जना अन्य व्यक्ति रहेका छन् ।
उनीहरुलाई अहिले बानेश्वरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।