जेष्ठ ४ गते तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?

0 Shares

आज मिति २०८२ जेष्ठ ४ गते आइतबार । सन् २०२५ मे १८ तारिख । नेपाल सम्बत ११४५ बछलागा पञ्चमी तिथि । आज बिहान ५ बजेर १३ मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर ४७ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः

मेष

दिन शुभदायी छ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिने समय छ । सहयोगीहरूले राम्रो साथ दिने छन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिने छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्ला ।

बृष

नोकरीमा उन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । आजको दिन खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ला । आफ्नै कमजोरीले विवादमा परिने योग भएपनि आँटेको काममा सफलता मिल्ने देखिन्छ । अरुबाट आलोचना हुने, धनमाल हराउने, सम्भावना पनि रहेको छ, होसिीयारी अपनाउनु होला ।

मिथुन

जाँगर जोशमा कमी आएपनि जिम्मेवारी भने बढिरहने समय छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । स्थायी सम्पत्तिका विषयमा केही विवाद आउने योग छ । प्रतिकुलताका बाबजुद आत्मविश्वास बढ्ने छ ।

कर्कट

व्यस्तता बढ्ने छ । आजको दिन अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । व्यवसायिक काममा खर्च बढ्ने छ भने भेटघाटको अलमलले नोक्सान पुऱ्याउन सक्छ । तापनि सेवामूलक कामले प्रतिष्ठा दिलाउने छ । मानसम्मानका साथमा आम्दानी बढ्ने योग पनि छ ।

सिंह

रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने छ । प्रेमसम्बन्धमा प्रगतिको योग छ । स्वास्थ्य भने केही कमजोर रहन सक्छ, खानपानमा विशेष ख्याल राख्नु उचित होला । उत्साहवर्द्धक समाचारले पराक्रम वृद्धि गराउला । रसरागको कार्यक्रममा आकर्षण बढ्ने छ ।

कन्या

कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ला । स्थायी सम्पत्ति बढाउन सकिने छ । परिवारजनको सहयोगले विशेष कामहरू बन्ने छन् भने गरिएका कर्मको उचित प्रतिफल पाइने छ ।

तुला

बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिने समय छ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा होला । पारिवारिक जमघटमा मन रमाउने छ । व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने योग छ । रुचिका विषयमा लगानी बढाउन सकिने छ ।

बृश्चिक

नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिने देखिन्छ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिएला । प्रतिस्पर्धामा केही कमजोर सावित भइने योग रहेकाले विशेष सजग रही कार्य गर्नु उचित हुनेछ ।

धनु

आयआर्जनका स्रोत बढ्ने छन् भने व्यापारमा पनि राम्रै फाइदा हुने समय छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउने छ । समय लागे पनि विशेष काम सम्पादन हुने छन् भने परिवारजनको सहयोग लिने प्रयत्न गर्नु हितकर होला । आम्दानी बढ्ने छ भने परिवारजनका आवश्यकता पूरा हुने छन् ।

मकर

लाभदायी काम प्रारम्भ गर्ने समय छ । कामका लागि प्रशंसा मिल्नेछ । साझेदारीमा पनि राम्रो फाइदा हुने योग छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, विवेकले काम लिने प्रयत्न गर्नुहोला । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । यात्रागत कार्य बन्ने देखिन्छ । रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्ने छ ।

कुम्भ

दौडधुप वृद्धि होला । आलस्यले गर्दा अवसर गुम्नसक्ने समय छ । अति आवश्यक अवस्थाबाहेक आर्थिक कारोबार नगर्नु नै उचित हुनेछ । नोकरीमा स्थानान्तरणको सम्भावना छ । सबल स्वास्थ्यका लागि खानपानमा विशेष सजग रहनु हितकर होला ।

मीन

बिना प्रतिस्पर्धा फाइदा हुने तर अरूको भरपर्दा काम रोकिन सक्ने दिन छ । हिम्मत गर्न नसक्दा महत्वपूर्ण योजना कार्यान्वयन नहुन सक्छ, ख्याल राख्नु होला । तत्काललाई ठूलो फाइदा नउठे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुने योग छ ।

सम्बन्धित समाचार