जेठ १ गते तपाईंको दिन कति शुभ, कस्तो छ राशिफल ?

0 Shares

आज मिति २०८२ जेष्ठ १ गते बिहीबार । सन् २०२५ मे १५ तारिख । नेपाल सम्बत ११४५ बछलागा तृतिया तिथि । आज बिहान ५ बजेर १४ मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर ४५ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः

मेष

रोकिएको कार्य अघि बढ्ने र ब्यापार–ब्यवसायबाट विशेष लाभ मिल्ने समय छ । कुनै नयाँ कामको थालनी गर्नु राम्रो हुनेछ । काममा जाँगर चल्नाले धनको लाभ होला । सन्तान पक्षबाट सुखको अनुभूति हुनेछ । दाम्पत्यसुख मिल्नेछ ।

बृष

आजको दिन अनावश्यक रुपम मनमा डरको भाव पैदा हुनसक्छ । कसैसंग हल्का मनमुटाव पनि होला, सतर्क रहनु हितकर हुनेछ । विचारको तरङ्ग बढ्ने र समयमा निर्णय नहुँदा काममा अवरोध आउनसक्ने देखिन्छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना रहेकाले खानपानमा सावधानी अपनाउनुहोला ।

मिथुन

अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने छ भने नोकरी तथा राजनीतिमा बर्चस्व बढाउन सकिने छ । मान–सम्मानमा वृद्धि होला । प्रेमभाव वृद्धि हुनेछ । आँट–पराक्रम बढ्ने छ । शत्रुपक्ष परास्त हुने देखिन्छ ।

कर्कट

सोचेका काम पुरा भइ सुखको अनुभव हुने समय छ । परिवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखद रहला । परोपकार तथा धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । रुपैयाँपैसाको राम्रै कारोबार हुने देखिन्छ ।

सिंह

कतै अतिथिका रूपमा सम्मान पाइने समय छ । नसोचेको ठाउँबाट आकस्मिक लाभ हुन सक्छ, तर पनि परिवारमा भने सामान्य विवादको अवस्था रहने देखिन्छ । कतै आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ । आहारविहारमा आज विशेष सतर्क रहनु उचित हुनेछ ।

कन्या

दिन केही चुनौतीयुक्त रहनसक्छ । काममा आज अल्छीपनले सताउला । स्वास्थ्य कमजोर रहनाले काममा जाँगर चल्नेछैन । खानपानमा विशेष ध्यान दिनु हितकर हुनेछ । केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ ।

तुला

परिश्रमअनुसार राम्रै उपलब्धि मिल्ने समय छ । रोकिएका काम फेरी सुरु हुन सक्छन् । बुद्घिको सही प्रयोग भइ चिताएका काममा सफलता पाइने योग छ । परिवारजनका आकांक्षा पूरा गर्न सकिने छ ।

बृश्चिक

पुराना साथीसँगको भेटघाटले मन रमाउने समय छ । आजको दिन चिताएको काममा सफलता पाइने एवम् धनलाभ पनि हुने देखिन्छ । महत्वपूर्ण कार्यमा कसैबाट साथ–समर्थन पाइएला । शुभता बढेर रोकिएको काम बन्नेछ । परिवारबाट सुखको अनुभूति पनि मिल्ला ।

धनु

स्वास्थ्यगत रूपले केही कमजोरी महसूस भएपनि समाजिक सम्मान मिल्ने समय छ । आज रमाइलो यात्राको योग पनि रहेको छ । अनौठो तरिकाबाट रुपैयाँपैसा आर्जन होला । कर्मबल वृद्धिका साथै आश मारेको काम बन्न सक्ने देखिन्छ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर

आजको दिन आर्थिक पक्ष खासै राम्रो छैन । नसोचेको अनि बेकामको क्षेत्रमा पैसा खर्च हुनसक्छ । स्वास्थ्यगत समस्याले पनि केही सताउनसक्ने हुँदा विशेष सावधान रहनु उचित होला । भौतिक सरसामनको पनि क्षति हुने सम्भावना छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखापर्न सक्छ ।

कुम्भ

बिग्रन लागेको काम पनि तपाईंको अथक प्रयासमा बन्ने समय छ । समस्यामा आफन्तको सहयोग प्राप्त हुनेछ । नसोचेको आफन्तसँग भेटघाट हुनाले मन प्रफुल्ल रहला । बिहानीपखको उल्लास साँझसम्म कायम नरहन सक्छ, ध्यान राख्नु होला ।

मीन

शुभदायी दिन छ । नचिताएको ठाउँबाट आम्दानी हुने तथा आम्दानीका बाटाहरु ख्ुाल्ने समय छ । ब्यापार ब्यवसाय फष्टाउनेछ । उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । खर्च पनि केही बढ्न सक्छ ।

सम्बन्धित समाचार