गभर्नर सिफारिस समितिमा पाण्डे नियुक्त

0 Shares

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस गर्न बनाइएको सिफारिस समितिमा पोषराज पाण्डेलाई नियुक्त गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त स्थानमा उनलाई नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

विश्व पौडेलले समितिबाट राजीनामा दिएपछि एक स्थान रिक्त थियो । पौडेल गभर्नरमा नियुक्त हुने तयारी गरेपछि सदस्यबाट राजीनामा दिएका थिए । यस्तै सरकारले सहसचिव शोभाकान्त पौडेललाई सचिवमा बढुवा गरेको छ ।

सम्बन्धित समाचार