काठमाडौं। अर्थशास्त्री डा. विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा दर्ता गरिएको रिट अस्वीकार भएको छ। उनलाई गभर्नर बनाउन नमिल्ने मागसहित सर्वोच्चमा रिट दर्ता भएको हो।
नेपाली कांग्रेस-नेकपा एमालेको सत्ता गठबन्धनले डा। पौडेललाई नेपाल राष्ट्र बैंकका गभर्नर बनाउने तयारी गरेको थियो। यसका लागि सरकारले उनलाई गभर्नर छनौट समितिको सदस्यबाट राजीनामा दिन लगाएको थियो।
मंगलबार बेलुका अधिवक्ताहरू विशाल थापा र प्रतिभा उप्रेती रिट लिएर सर्वोच्च पुगेका थिए। उनीहरूलाई सर्वोच्चले बुधबार अर्थात आज आउन भनिएको थियो।
उनीहरू आज सर्वोच्च पुगेका थिए। तर, रिट दर्ता शाखामा दुई जनामध्ये एक जनाले दर्ता गर्न नमानेका हुन्। नेपाल राष्ट्र बैंक ऐन २०५८ प्रतिकूल हुने गरी राजनीतिक दलको सदस्यलाई गभर्नर बनाउन लागिएको भन्दै उनीहरूले सर्वोच्चमा रिट दायर गराएका थिए।
यसअघि उनीहरूले गभर्नरको उमेर हद संशोधनविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए। यसमा वैशाख १७ गते सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै तत्काल उक्त संशोधन कार्यान्वयन नगर्न आदेश दिएको थियो।
सोही रिटसँगै डा. गुणाकर भट्टलाई गभर्नर नबनाउन मागसहित पूरक निवेदन दिएका थिए। उक्त निवेदनमा अन्य आदेश आएकोमा त्यसको पूर्णपाठ आउन बाँकी छ।