काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
जसको प्रभावले हाल देशको पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। देशका हिमाली भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा आंशिक बदली रहनेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भागका थोरै स्थानहरूमा तथा बाँकी भागका एक दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका हिमाली भागका एक दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ । मधेस प्रदेशलगायत लुम्बिनी प्रदेशका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
आज राति देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी भागका एक दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ ।