पाकिस्तानले भारतमा हमला गरेसँगै आईपीएल खेल रद्द

0 Shares

काठमाडौं । पाकिस्तानले गरेको आक्रमणका कारण बिहीबारको इंडियन प्रीमियर लिग (आइपीएल) रोकिएको छ ।

धर्मशालाको एचपीसीए मैदानमा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल रोकिएको हो। सबै फ्लडलाइट (लाइट)हरू निभाइएर फ्यानलाई मैदान खाली गर्न लगाइएको थियो ।

खेल रोकिँदासम्म पञ्जाबले १०.१ ओभरमा एक विकेट गुमाएर १२२ रन बनाएको थियो । प्रभसिमरन सिंह र श्रेयस अय्यर अविजित रहेका थिए । प्रियांश आर्य भने ७० रन बनाएर आउट भएका थिए । खेल रोकिएपछि दुवै टोलीले एक एक अंक पाएको छ ।

केही दिनदेखि दुई छिमेकी देशबीच हवाई हमला भइरहेको छ । जसका कारण आगामी दिनमा हुने खेल के हुन्छ भन्ने आशंका उत्पन्न भएको छ ।

सम्बन्धित समाचार