यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोड बढी राजस्व संकलन

0 Shares

झापा । यातायात व्यवस्था कार्यालय झापाले चालु आव २०८१र८२ को नौ महिनामा ८२ करोड १६ लाख राजस्व संकलन गरेको छ । कार्यालयले चैत महिनामा मात्रै १५ करोड ७१ लाख राजस्व संकलन गरेको हो ।

चालु आवको चैत महिनासम्म सवारी साधनको कर संकलन बापत ६९ करोड छ लाख, यातायात क्षेत्रको आम्दानी बापत ९६ लाख, सवारी चालक अनुमतिपत्र सवारी दर्ता किताबसम्बन्धी दस्तुरबापत १२ करोड १२ लाख राजस्व संकलन भएको कार्यालय प्रमुख प्रेमप्रसाद सापकोटाले जानकारी दिए ।

चालु आवको नौ महिनामा जिल्लामा नौ हजार नौ सय ५४ नयाँ सवारी साधन दर्ता भएका कार्यालय प्रमुख सापकोटाले बताए । उनका अनुसार गत आव २०८०र८१ को अन्त्यसम्ममा जिल्लामा दुई लाख छ हजारभन्दा बढी सवारी साधन दर्ता रहेका थिए ।

सम्बन्धित समाचार