प्रधानमन्त्री ओली र प्रतिपक्षी दल नेता प्रचण्डबीच छलफल

0 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुबीच छलफल भएको छ।

प्रधानमन्त्री र प्रतिपक्षी दल नेताबीच आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

संक्रमणकालीन न्याय र समसामयिक सवालमा उनीहरूबीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ।

छलफलमा प्रधानमन्त्री ओली र उनका विज्ञ सल्लाहकार अग्नि खरेल तथा माओवादी अध्यक्ष प्रचण्ड र उपमहासचिव वर्षमान पुन थिए।

सम्बन्धित समाचार