0
Shares
काठमाडौं । काठमाडौंको तीनकुनेमा चैत्र १५ गते भएको राजावादी आन्दोलनमा संलग्न रहेको आरोपमा पक्राउ परेका एक किशोरसहित ६ जनाले प्रहरी हिरासतबाट परीक्षा दिएका छन्।
राजावादी आन्दोलनमा भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने सिराहाका १९ वर्षीय दिनेश महतोसहित ६ जनाले आजबाट सुरु भएको कक्षा १२ को परीक्षा दिएका हुन् ।
महतो बानेश्वरस्थित लिभरपुलमा अध्ययनरत थिए । अन्य परीक्षामा दिनेहरूमा सिन्धुपाल्चोक घर भएका दावा शेर्पा, स्याङ्जा घर भएका सौगातकुमार बिक, धादिङ घर भएका सरोज थापा, नुवाकोट घर भएका सिमन घले र भारतीय नागरिक अमन साकिन रहेका छन् ।
मातहतका प्रहरी वृतमा रहेका थुनुवाहरूलाई पनि भद्रकालीस्थित परिसरमा ल्याएर परीक्षामा सहभागी गराएको प्रहरीले बताएको छ ।