कांग्रेस एमालेको छुट्टाछुटै संसदीय दलको बैठक बस्दै

0 Shares

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्नेछ ।एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम शुक्रबार संसदमा प्रस्तुत गरेपछि पार्टीको धारणा बनाएर संसदको छलफलमा सहभागी हुनका लागि बैठक बोलाइएको जनाइएको छ ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका बारेमा सोमबारदेखि संसदमा निरन्तर छलफल हुनेछ ।

यस्तै नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।बैठकमा समसामयिक विषयमा छलफल हुने सचेतक बर्तौलाले जानकारी दिए ।

सम्बन्धित समाचार