वैशाख १९ गते शुक्रबार तपाईंको दिन कस्तो, राशिफलमा के छ ?

0 Shares

आज मिति २०८२ वैशाख १९ गते शुक्रबार । सन् २०२५ मे २ तारिख । नेपाल सम्बत ११४५ बछलाथ्व पञ्चमी तिथि । आज बिहान ५ बजेर २६ मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर ३७ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः

मेष

केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ने समय छ । स्वास्थ्य पनि केही कमजोर रहने देखिन्छ । नियमित काममा खासै जाँगर चल्ने देखिन्न । महत्वपूर्ण कार्यमा ढिलासुस्ती हुन सक्छ, ध्यान दिनुहोला । प्रतिष्पर्धी हाबी हुनसक्ने योग भएकोले सजग रही व्यवहार गर्नु उचित हुनेछ ।

बृष

बुद्धिको सही प्रयोग भइ चिताएका काममा सफलता पाइने समय छ । परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु गर्दा सफलता मिल्ने योग छ । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । आज कसैबाट विशेष साथ(समर्थन एवम् भौतिक लाभ प्राप्त हुने सम्भावना छ ।

मिथुन

आर्थिक आर्जनको समय छ । अनौठो तरिकाबाट धनलाभ हुने योग छ । चिताएको काममा सहजताका साथ सफलता मिल्ने देखिन्छ । मित्रजनहरू सहयोगी बनेर देखापर्नेछन् । पुराना साथीसँगको भेटघाटले मन रमाउने छ ।

कर्कट

समाजिक सम्मान मिल्ने समय छ । आर्थिक उपार्जनको दृष्टिले पनि आजको दिन शुभदायी छ । रमणीय र सुखद यात्रा हुनसक्छ । साथीभाइको सहयोग प्राप्त हुनेछ । मिठो भोजन प्राप्त होला । खेलकुद एवम् रसरागमा आकर्षण बढ्ने छ ।

सिंह

आजको दिन नसोचेको अनि बेकामको क्षेत्रमा ब्यय हुने सम्भावना रहेकोले खर्च गर्दा ध्यान राख्नुहोला । सामान्य रोगले सताउला, सजगता अपनाउनु उचित हुनेछ । भौतिक सरसामनको क्षति हुने योग छ । प्रतिकुलताका बाबजुद मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

कन्या

मिश्रित फलदायी दिन रहेको छ । दिनको शुरुवातमा सुखको अनुभव होला तर बेलुकीसम्ममा जाँगर हराउन सक्छ । काम गर्नमा खासै मन नलाग्न पनि सक्छ, तर बन्दैन भनेको काम पनि बुद्धि–विवेकको सही प्रयोगले सफल हुने योग छ । आफन्तको सहयोग प्राप्त होला ।

तुला

शुभदायी समय छ । आम्दानीका बाटाहरु खुल्ने देखिन्छ, ब्यापार(ब्यवसायमा राम्रै होला । नचिताएको ठाउँबाट आम्दानी हुने योग छ । आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ ।

बृश्चिक

शुभता र साहस वृद्धिको समय छ । कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने आजको दिन उपयुक्त रहनेछ । काममा जाँगर चल्नेछ भने धनलाभको योग रहेको छ । सन्तान पक्षबाट सुखको अनुभुति हुनेछ । रोकिएको काम अथक मिहेनतका कारण बन्ने छ ।

धनु

आजको दिन खासै उत्साहवर्द्धक नरहला । अनावश्यक डरले सताउन सक्छ । मित्रजन पनि असहयोगी बनेको आभास हुनसक्छ । कसैसंग हल्का मनमुटाव हुनसक्छ, सजग रही व्यवहार गर्नुहोला । स्वास्थ्य पनि केही कमजोर रहन सक्छ ।

मकर

पराक्रम वृद्धि हुने र अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । जागिरमा खासै मन नगएपनि धन–मान प्रप्तिको योग छ । समाजसेवा तथा राजनीतिमा बर्चस्व बढाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला ।

कुम्भ

पराक्रम वृद्धि हुनेछ । आज तपाइले सोचेका काम पूरा भइ सुखको अनुभव हुने देखिन्छ । आर्थिक कारोबार राम्रै होला । परिवारजनको साथले नयाँ आशा पलाउने छ । रसरागमा आकर्षण रहनेछ । दाम्पत्यसुखमा रमाउने समय छ ।

मीन

परिवारमा सामान्य विवाद हुन सक्छ तर नसोचेको ठाउबाट आकस्मिक लाभ हुने समय छ । आयआर्जनको यो छ । कतै अतिथिका रूपमा सम्मान पाइएला । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ । सबल स्वास्थ्यको लागि आहारविहारमा विशेष सतर्क रहनु हितकर हुनेछ ।

सम्बन्धित समाचार