प्रधानमन्त्रीले मिलाउन सक्लान् रेशमको श्रीमान श्रीमतीको विवाद ?

0 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक र अध्यक्षलाई बोलाएर छलफल गरेका छन् ।

नाउपाका संरक्षक रेशम चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई बोलाएर प्रधानमन्त्रीले छुट्टाछुट्दै छलफल गरेका हुन् । उनीहरू श्रीमान श्रीमती हुन् । श्रीमान श्रीमतीको विवादका कारण नाउपा विभाजन हुने मोडमा पुगेको छ ।

मंगलबार प्रधानमन्त्रीले छलफलमा दुवै जनालाई मिलेर पार्टी एकता बचाइराख्न र प्रदेश तथा संघीय सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।

यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले रञ्जितासँग छलफल गरेका छन् । ओली भेट्न रञ्जिता बालकोट पुगेकी थिइन् । यसैबीच रेशम पनि बालकोट जाने तयारी गरेको बताइएको छ ।

सम्बन्धित समाचार