रैथाने बालीको उत्पादन र बजारीकरण विस्तार गर्ने नीति

0 Shares

काठमाडौं । सरकारले रैथाने बालीको प्रवर्द्धन गर्ने घोषणा गरेको छ ।

संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८२/०८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

उनले रैथाने बालीको उत्पादन र बजारीकरण विस्तार गर्न स्थानीय तहको समन्वयमा प्रवर्धन गर्ने बताएका हुन् ।

साथै, सरकारले सार्क खाद्य भण्डार र राष्ट्रिय भण्डारण केन्द्रमा आवश्यक खाद्य भण्डार गर्ने नीति तथा कार्यक्रममा ल्याएको हो ।

सम्बन्धित समाचार