कच्चा पदार्थ र सीपका आधारमा औद्योगिक विकास गरिने

0 Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय कच्चा पदार्थ र सीपका आधारमा औद्योगिक विकासलाई प्राथमिकता दिइने घोषणा गरेका छन्। आगामी आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले यस्तो घोषणा गरेका हुन्।

‘स्थानीय कच्चा पदार्थ र सीपमा आधारित औद्योगिक विकासलाई प्राथमिकता दिइने छ,’ उनले भने, ‘आयात प्रतिस्थापन गरी निर्यात प्रवर्धन गरी मुलुकलाई आत्मनिर्भर बनाउने विभिन्न विधामा उद्योग व्यवसाय प्रवर्द्धन गरिने छ।’

यस्तै, सहकारी तथा सामुदायिक क्षेत्रलाई उद्योगमा आकर्षित गरिने बताए।

 

सम्बन्धित समाचार