0
Shares
काठमाडौं । प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बिहान १० बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने छ ।
सरकारको नीति तथा कार्यक्रमलाई आजै दिउँसो बस्ने संघीय संसद्को बैठकमा प्रस्तुत हुनेछ । दिउँसो तीन बजेका लागि बोलाइएको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्यक्रम प्रस्तुत गर्ने भएका हुन् ।
बैठकमा अन्य मन्त्रालयगत नियमित एजेन्डामाथि पनि छलफल हुने जनाइएको छ ।