प्रधानमन्त्री अ‍ोलीलाई भेट्न पुगे देउवा

0 Shares

काठमाडौं । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसका दुई शीर्ष नेताबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको हो । दुई नेताबीचको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत भेटवार्तामा सहभागी हुने भनिए पनि गएनन् ।

शीर्ष नेताको भेटवार्तामा सरकारका तर्फबाट भोलि संसद्‌मा पेश हुने आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम, टीआरसीलगायत विषयमा कुराकानी भएको छ ।

सम्बन्धित समाचार