0
Shares
काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न भन्दै प्रहरीलाई पत्र लेख्ने सर्वोच्च अदालतका अधिकृत पक्राउ परेका छन् । जनमत पार्टीसँग एकीकरण गर्नका लागि प्रज्ञा प्रतिष्ठानको कार्यक्रममा सहभागी भइरहेको बेला उनको पक्राउको पत्र काटने सर्वोच्चका अधिकृत महिमानसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार उनलाई नियन्त्रणमा लिएर अहिले जिल्ला प्रहरी परिसर, भद्रकालीमा राखिएको छ।
विष्टले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई नियन्त्रणमा लिएर कैदमा राख्नू भनी पत्र लेखेका थिए । सोही आधारमा उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।