वैशाख १६ गते तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?

0 Shares

आज मिति २०८२ वैशाख १६ गते मंगलबार । सन् २०२५ अप्रिल २९ तारिख । नेपाल सम्बत ११४५ बछलाथ्व द्वितीया तिथि । आज बिहान ५ बजेर २६ मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर ३६ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः

मेष

मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्ने योग भएकोले आजको दिनको पूर्वार्द्ध रमाइलो हुने देखिन्छ । रोकिएका काम दोहोऱ्याएर गर्ने प्रयत्न गरेमा सफलता मिल्ने समय छ । धनलाभ होला ।

बृष

पछिका लागि फाइदा हुने काम प्रारम्भ गर्न सकिने समय छ । दिगो आम्दानी हुने काम सुरु गर्न सकिनेछ । मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनु उचित होला । रमाइलो यात्राको अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग नजिकिने योग छ ।

मिथुन

प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने समय छ । मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । तथापि सामान्य आम्दानी जारी रहनुका बाबजुद अर्थ अभावले सताउन सक्छ । छर–छिमेकमा असमझदारी बढ्ने योग रहेकाले व्यवहारमा सजगता अपनाउनु हितकर होला ।

कर्कट

अप्ठ्यारा कामको बोझ थपिन सक्ने दिन छ । काममा दैडधुप र जोखिम बढ्ने देखिन्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । अरूको विश्वास गर्दा धोका पाइएला । व्यापारमा ठूलो उपलब्धि हासिल गर्न नसकिने समय छ । इर्ष्या गर्नेहरूले काममा अवरोध पुऱ्याउलान् ।

सिंह

शुभदायी समय छ । हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् । बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिने छ । प्रतिद्वन्द्वीलाई परास्त गर्न सकिनेछ भने रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्ने देखिन्छ । मेहनत गर्दा पहिले रोकिएको प्रतिफल प्राप्त हुनेछ ।

कन्या

मेहनतले धेरै काम बनाउन सकिने दिन छ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने छ भने बोलीको प्रभावले फाइदा दिलाउनेछ । धेरैको भलाइ हुने काम गर्न सकिने योग छ । अवसरका लागि केही दौडधुप गर्नुपरे पनि रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन् ।

तुला

केही चुनौतीयुक्त समय छ । प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन्, गोपनीयतामा ध्यान दिनुहोला । नातेदारहरुसंग विवाद र झैझगडा पर्न सक्ने येग भएकोले बोली र व्यवहारमा लचकता अपनाउनु उचित हुनेछ । बौद्धिक कार्यमा पछि परिने योग भएकाले सावधान रहनुहोला ।

बृश्चिक

विचारले धेरैलाई प्रभावित पार्न सकिने समय छ । प्रशंसक बढ्ने छन् । मान–सम्मान पाइने छ तर पनि गरि रहेको काममा केहि समस्या पर्न सक्छ । योजनाहरू गोप्य राखी प्रतिष्ठा जोगाउने काम गर्नु होला । गुमेको प्रतिष्ठा लगनशीलताले दिलाउन सक्छ ।

धनु

विभिन्न अवसर प्राप्त हुनाले मन उत्साहित रहनेछ । विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्ने देखिन्छ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । व्यस्तता बढेपनि परिश्रमअनुसार लाभ प्राप्त हुने योग छ ।

मकर

नयाँ काम प्रारम्भ हुने समय छ, विभिन्न अवसरले पछ्याउनेछन् । प्रशंसकहरू बढ्नेछन् भने नाम, दाम र इनाम हातपर्ने योग छ । पराक्रम बढ्ने छ । काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिने छन् । रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला ।

कुम्भ

विशिष्ट व्यक्तित्वसँग मित्रता गाँसिने समय छ । नसोचेको ठाउँबाट धनमाल आर्जन हुने देखिन्छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्ला । केही नोक्सानी भए पनि पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुने देखिन्छ । व्यापारमा मनग्य लाभ हुने योग छ ।

मीन

आलोचक बढ्ने छन् भने शक्तिशाली व्यक्तिसँग प्रतिस्पर्धा हुन सक्छ । तथापि, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । तारिफ योग्य काम सम्पादन हुनाले थप अवसर जुट्ला । अवसर प्राप्त भए पनि काममा हात हाल्नुअघि राम्ररी विचार पुऱ्याउनु हितकर होला । आरोग्यता रहनेछ । आफन्तको साथ मिल्नेछ ।

सम्बन्धित समाचार