राष्ट्रपतिले वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

0 Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनको बैठकलाई सम्बोधन गर्ने भएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त कुरा बताएका हुन् ।

सञ्चार मन्त्री गुरुङका अनुसार राष्ट्रपति पौडेलले दिउँसो तीन बजे सङ्घीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने छन् । मन्त्री, सचिव र केही आयोगका व्यक्तिहरूको विदेश भ्रमण समेत मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको उनले बताए ।

आजको बैठकमा शिक्षक आन्दोलनको बारेमा कुनै निर्णय नभएको समेत उनले बताए ।

सम्बन्धित समाचार