वैशाख १५ गते तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?

0 Shares

आज मिति २०८२ वैशाख १५ गते सोमबार । सन् २०२५ अप्रिल २८ तारिख । नेपाल सम्बत ११४५ बछलाथ्व पारू, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल प्रतिपदा तिथि । आज बिहान ५ बजेर २७ मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर ३६ मिनेटमा अस्ताउने छ । आज राष्ट्रिय चिया दिवस । अब सुरु गरौँ आजको राशिफलः

मेष

आय आर्जनका स्रोत बढ्ने र दैनिक काममा पनि राम्रै लाभ मिल्ने समय छ । अनुकूलता वृद्धि हुनुका साथै विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्ने छ । अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् ।

बृष

कामको चापबाट मुक्त रही विश्राम पाइने समय छ । नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका मिल्ला । धन आर्जनको योग छ । परिवारजनको साथले उत्साह जगाउला । प्रतिस्पर्धीहरू भने सक्रिय बन्नसक्ने देखिन्छ, सजग रहनु होला ।

मिथुन

मिश्रित फलदायी समय छ । आश मारेको काम बन्नाले उत्साह जागृत भए पनि । अरूका काममा समय ज्यादा खर्चनुपर्ने देखिन्छ । अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ । अवसर प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला । सबल स्वास्थ्यका लागि खानपानमा विशेष सावधानी अपनाउनु हितकर होला ।

कर्कट

आजको दिन ब्यस्तताका साथै काममा जोखिम बढ्ने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । महत्वपूर्ण काममा आज अरूको भर नपर्नु उचित हुनेछ । मेहनत अनुसारको फल प्राप्ति र परिवारजनका आवश्यकता पूरा हुनेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुर्न सक्छ ।

सिंह

दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्ने समय छ । खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । विभिन्न सहयोग तथा उपहार प्राप्त हुने देखिन्छ । आयआर्जन पनि राम्रै हुनेछ । सुखदुःखमा साथ दिनेहरू भेटिने छन् ।

कन्या

लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउने छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । धनप्राप्ति तथा भौतिक वस्तु लाभ हुने देखिन्छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ भने व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ ।

तुला

आजको दिन वादविवादमा परिने योग भएकाले बोली र व्यवहारमा संयमता अपनाउनु हितकर होला । छरछिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनु उचित हुनेछ । आँट गर्न नसक्दा विशेष योजना कार्यान्वयन नहुन सक्छ । अर्थ अभावले सताउन सक्छ ।

बृश्चिक

चुनौती पन्छाउँदै रोकिएका काम पनि सम्पादन गर्न सकिने समय भए पनि फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूको विश्वास जिते पनि आफ्नाले धोका दिने सम्भावना छ, ध्यान राख्नु होला ।

धनु

परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान दिनहोला । समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन् ।

मकर

मेहनतले विशेष उपलब्धि आर्जन हुनुका साथै मानसम्मानसमेत प्राप्त हुने समय छ । विछोडिएका आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त हुने योग छ । आजको दिन अधिकारका लागि केही संघर्ष हुन सक्छ ।

कुम्भ

आजको दिन केही बाध्यतापूर्ण काममा जुट्नुपर्ला । स्वास्थ्य केही कमजोर रहनु सक्छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन् । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिनुका साथै भैपरी आउने समस्या सुल्झाउन सकिने छ ।

मीन

आजको दिन कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, तर बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै भविष्यमा फाइदा हुने काम हातपर्ने योग छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास भने गर्ने छन् ।

सम्बन्धित समाचार