कांग्रेस प्रमुख सचेतक घिमिरेले भने, ‘रक्सीको बोतल चोर्ने कुन सहमहामन्त्रीको छोरा हो प्रमाणित गर्न गर्नुस्’

0 Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमरेले कांग्रेसका कुन सहमहामन्त्रीका छोराले रक्सीको बोतल चोरेको हो प्रमाणित गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलाई चेतावनी दिएका छन् । गत संसद बैठकमा राप्रपा अध्यक्ष लिङदेनले कांग्रेस सह महामन्त्रीका छोराले भाटभटेनीवाट रक्सी चोरेको र तीनलाई प्रहरीले समातेर छाडेको भन्ने अभिब्यक्ति प्रति अघिमेरेले संसदमा आज जवाफ मागेका हुन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक घिमिरेले कांग्रेसका कुन सहमहामन्त्रीका कुन छोराले रक्सीको बोतल चोरेका हुन् ? त्यो राप्रपा अध्यक्ष लिङदेनले प्रमाणित गर्नुपर्ने धारणा राखेका छन् ।‘नेपाली कांग्रेसका कुन चाँही सहमहामन्त्रीको कुन चाँही छोराले रक्सीको बोत्तल बोकेर हिँड्नुभएको हो त्यो प्रमाण पेस गर्नुपर्छ, होइन भन्ने उहाँको भनाइ रेकर्डबाट हटाउनुपर्छ,’ प्रमुख सचेतक घिमिरेले भने ।

लिङ्देनले शुक्रबारको प्रतिनिधिसभा बैठकमा भाटभटेनीमा रक्सी चोर्नेमा कांग्रेस सहमहामन्त्रीका छोरा पनि रहेको जनाए पनि नाम भने उल्लेख गरेका थिएनन् । तर, उनको सो अभिब्यक्ति पछि सह महामन्त्री महेन्द्रकुमार यादवका छोराले रक्सी चोरेको भनेर प्रचार भएको थियो ।

तर, यादवका दुवै छोरा डाक्टर रहेको र उनीहरू अध्ययनमा ब्यस्त रहेको भन्दै छोराहरू आकास र विकासले खण्डनसमेत गरिसकेका छन् ।

सम्बन्धित समाचार