आज यी स्थानमा चट्याङ्गसहित वर्षा हुने, भोलि र पर्सीको मौसम कस्तो ?

0 Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी र गण्डकी प्रदेशको पहाडी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । यी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

भोलि बुधबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । यी प्रदेशको पहाडी भागका एक दुई स्थानमा मेघगर्जन रचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पर्सी कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार