कक्षा १२ को परीक्षा स्थगित, नयाँ मिति तोकिने

0 Shares

काठमाडौं । आगामी वैशाख ११ गतेदेखि तय गरिएको कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार परीक्षा मिति सार्ने निर्णय भएको हो ।

आज बिहान मात्र परीक्षा बोर्डको बैठकले शिक्षक आन्दोलनका बाबजुद परीक्षा पूर्वनिर्धारित मितिमा हुने जनाएको थियो ।

शिक्षकहरू कक्षाकोठामा नफर्किएको अवस्थामा निजामती कर्मचारी परिचालन गरेर परीक्षा सञ्चालन गर्ने सरकारको तयारी थियो ।

शिक्षक र विद्यालयका कर्मचारी २१ दिनदेखि आन्दोलनमा छन् । यसैबीच शिक्षामन्त्री विद्या भट्टराईले हिजो मात्र राजीनामा दिएकी थिइन् ।

सम्बन्धित समाचार