काठमाडौंबाट जाँदै गरेको गाडी मकवानपुरको धरमपानीमा दुर्घटना, दुई जनाको मृत्यु

0 Shares

काठमाडौं । मकवानपुरमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान मकवानपुरको मकवानपुरगढी गाउँपालिका-२ धरमपानीस्थित कान्ती लोकपथमा काठमाडौंबाट हेटौडा जाँदै गरेको बा.प्र ०१-००६ ख ७०७२ नम्बरको विद्युतीय गाडी दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको हो।

मृत्यु हुनेमा रौतहटको दुर्गाभवानी गाउँपालिका-५ कि ५० वर्षीय निलमदेवी राउत र सर्लाहीको बागमती गाउँपालिका-७ कि १३ वर्षीया मानुसी मगर छिन्। मकवानपुर प्रहरीका अनुसार बिहान १ बजे उक्त गाडी सडकबाट झन्डै २ सय मिटर तल खसेको थियो।

दुर्घटनामा ११ जना मध्यम र २ जना घाइते भएका छन्। घाइतेहरुको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। गाडीमा चालकसहित १६ जना सवार थिए।

चालक सर्लाहीको बागमती गाउँपालिका-५ का २९ वर्षीया कमल बहादुर दर्लामी टाउकोमा चोट लागेको छ। उनको पनि हेटौडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार