सिता एयरको जहाजमा हाइड्रोलिक समस्या, लुक्ला पुगेर फर्कियो काठमाडौं

0 Shares

काठमाडौं । लुक्लाबाट रामेछाप उडेको सिता एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डाइर्भट गरिएको छ ।

विमानस्थलका अनुसार जहाजको हाइड्रोलिकमा समस्या आएपछि रामेछाप अवतरण नगरी काठमाडौंमा बिहान १० बजेर ६ मिनेटमा आकस्मिक अवतरण गरेको हो ।

हाइड्रोलिकमा समस्या आएपछि रनवेबाट आफै निस्कन नसक्ने भएकाले जहाजमा भएका यात्रुहरुलाई ओरालेको थियो । त्यसका लागि केही समय विमानस्थल बन्द गरी हाल रनवेबाट निकालिसकेको र प्राविधिक चेकजाँच गरिरहेको जनाएको छ ।

जहाजमा १४ जना यात्रुहरु रहेका थिए । अहिले विमानस्थल पूर्ण रुपमा सुचारु भइसकेको छ ।

सम्बन्धित समाचार