एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

0 Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै छ । बैठक दिउँसो साढे ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने पार्टी कार्यालयले जनाएको हो ।

बैठकमा पार्टीका वार्षिक कार्यक्रम, पार्टीका अभियान लगायतका विषयमा छलफल हुने बताइएको छ ।

एमालेले २०८४ सालमा एक्लै बहुमत ल्याउने लक्ष्यका साथ यतिबेला वडा केन्द्रित अभियान सञ्चालन गरिरहेको छ ।

सम्बन्धित समाचार