पूर्वराजा ज्ञानेन्द्रले तीनकुने घटनाबारे के भने त ?

0 Shares

काठमाडौँ । राजसंस्था स्थापनाको लागि भन्दै भएको प्रर्दशनको क्रममा चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा भएको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहको मौनतालाई लिएर लगातार प्रश्न उठ्दै आइरहेको थियो । तर, नयाँ वर्षको पूर्व सन्ध्यामा आइतबार भिडिओ सन्देश जारी गर्दै त्यसबारेमा आफ्नो प्रतिकृया जनाएका छन् ।

‘केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो त्यसबाट जसप्रकारको मानवीय एवं भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लागेको छ,’ पूर्वराजा शाहले भिडियोमा भनेका छन् ।

पूर्वराजा शाहले नागरिक स्वतन्त्रताभन्दा ठूलो तन्त्र वा वाद नहुने पनि बताएका छन् । ‘वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ, जहाँ राम्रो, नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ । नेपाली जनतामा देश र भविष्यलाई लिएर जुन खालको जागरूकता पैदा भएको छ त्यसलाई हामीले सकारात्मक रूपमा लिएका छौं,’ पूर्वराजा शाहले भनेका छन् ।

देशलाई विद्यमान जटिलताबाट मुक्त गराएर शान्त, स्थिर र समृद्ध मुलुक बनाउने जागरूकता पैदा भएको दाबी गर्दै पूर्वराजा शाहले २०८२ सालमा त्यसको परिणाम हासिल हुने पनि विश्वास व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार