एमालेले बोलायो सचिवालय बैठक

0 Shares

काठमाडौं । नेकपा (एमाले) ले सोमबार सचिवालय बैठक बोलाएको छ।

एमालेले सोमबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक आह्वान गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

उनका अनुसार सचिवालय बैठकमा मुलुकको राजनीतिक परिस्थिति, सरकारको कामबारे छलफल हुनेछ। एमालेले नेकपा तथा लोकतन्त्र स्थापना भएको सन्दर्भ पारेर वैशाख ११ गते युवा दिवस मनाउँदैछ। यसबारे पनि बैठकमा छलफल हुने गौतमले जानकारी दिए।

सम्बन्धित समाचार