बालाजु औद्योगिक क्षेत्रमा आगलागी

0 Shares

काठमाडौं । बालाजुस्थित औद्योगिक क्षेत्रमा आगलागी भएको छ।

आगलागीपछि अहिले जुद्ध बारुणयन्त्रका तीनवटा दमकल आगलागी क्षेत्रमा पुगेको र आगो नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

आगलागी भएको खबर पाउनासाथ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली र बारुणयन्त्रका तीनवटा दमकल अहिले घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताए।

आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।

 

सम्बन्धित समाचार