वायु प्रदूषण हुँदा उडान प्रभावित, अन्तर्राष्ट्रिय उडानसमेत प्रभावित

0 Shares

काठमाडौं । अत्यधिक वायु प्रदूषणले आन्तरिक उडान प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार भिजिबिलिटी कम हुँदा उडान प्रभावित भएको हो ।

जसअनुसार काठमाडौंबाट समिट एयरको लुक्ला उड्नुपर्ने जहाज डिले भएको छ । यति एयरलाइन्सको पोखरा उड्नुपर्ने जहाज र बुद्ध एयरको भरतपुर उड्नुपर्ने जहाज पनि डिले भएको छ ।

यस्तै बुद्ध एयरकै पोखरा उड्नुपर्ने जहाज, यतिको पोखरा उड्नुपर्ने अर्को जहाज पनि डिले भएका छन् । आज श्री एयरलाइन्सको माउन्टेन फ्लाइट, नेपाल एयरलाइन्सको रुकुम उडान पूरा भएको छ ।

यस्तै अन्तराष्ट्रितर्फका केही उडान पनि ढिले भएका छन् ।

सम्बन्धित समाचार