काठमाडौं महानगरमा तलब वितरण सुरू, कर्मचारी तथा जनप्रतिधिले एकमुष्ट पाउने

0 Shares

काठमाडौं । हानगरपालिकाले मंसिर यता रोकिएको तलब एकमुष्ट रुपमा वितरण गर्न थालेको छ । मेयर बालेनको अवरोधका बीच प्रमुख प्रशासकीय अधिकृतमा सरोज गुरागाईंले विहिबारदेखि हाजिर गरेसँगै तलब निकासा सुरु भएको हो ।

सबैभन्दा पहिलो तलव मेयर साहको नै जम्मा गरिएको छ । प्रमुख प्रशासकिय अधिकृत नहुंदा महानगरपालिकाका ४ हजारभन्दा बढी कर्मचारी तथा जनप्रतिधिको तलब रोकिएको थियो । महानगरले प्रत्येक महिना कर्मचारीको तलबमा साढे १२ करोड रूपैयाँ खर्च गर्छ । मंसिरयता चैत्र मसान्त सम्मको एकमुष्ट तलब खुवाउन झण्डै ६० करोड रूपैयाँ वितरण गरिदैंछ । महानगरले एनआइसी बैंक र नेपाल बैंकमा सबैको खाता खोलेर तलब हालिदिने गरेको छ ।

महानगरपालिकाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले रोकिएको तलब वितरण आजबाट सुरू भएको बताए । उनका अनुसार यो साताभरीमा सबैले तलव पाउनेछन् । महानगर अन्तरगत तलब खाने स्थाइ, करार, दोहोरो हाजिरदेखि ज्यालादारीसम्मका कर्मचारी छन् ।

सम्बन्धित समाचार