काठमाडौँ । चैत १५ गतेको तीनकुने घटनामा प्रहरीले ६० राउन्ड गोली चलाएको पाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौका स्रोतका अनुसार भिड नियन्त्रण गर्न पेस्तोलबाट २ राउन्ड र राइफलबाट ५८ राउन्ड फायर भएको हो ।
घटनामा प्रहरीले २ सय ३९ राउन्ड कार्टिज प्रयोग गरेको छ । प्रदर्शनकारीलाई छर्रा हान्नका लागि कार्टिज प्रयोग हुन्छ । यस्तै ७ सय ४६ राउन्ड अश्रुग्यास फायर भएको थियो । प्रहरीले चलाएको अश्रुग्यास म्याद नाघेको भेटिएको थियो । यस्तै प्रहरीले नपट्की आवाज मात्रै आउने ब्ल्यांक राउन्ड १ सय ९२ थान प्रहार भएको प्रहरीले जनाएको छ ।
राजसंस्था पुर्नस्थापनका लागि भन्दै दुर्गा प्रसाईको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको प्रदर्शन उग्र हुँदा पत्रकार सुरेश रजक र सविन महर्जनको मृत्यु भएको थियो । सविनलाई गोली लागेको भिडियो बाहिरिएको थियो भने पोस्मार्टम रिपोर्टमा पनि उनलाई एउटा गोली लागेको पुष्टि भएको थियो ।
यस्तै प्रर्दशनका क्रममा ५२ जना घाइते भएका थिए । जस मध्ये ३५ जना डिस्चार्ज भैसको प्रहरीले जनाएको छ । यस्तै सुरक्षाकर्मीतर्फ घाइते भएका ७३ जना उपचारपछि डिस्चार्ज भेसकेका छन् ।