0
Shares
काठमाडौं । उपप्रधान तथा सहकारी विकासमन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली थाईल्याण्ड भ्रमणमा गएपछि सिंहले सो जिम्मेवारी प्राप्त गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनको जिम्मेवारी तोकेका हुन् ।
प्रधानमन्त्री ओलीले मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेपछि कार्यबहाकको सो जिम्मेवारी उनको काँधमा परेको हो ।