राति अज्ञात व्यक्ति स्काभेटरमा लगाइदियो आगो

0 Shares

काठमाडौं । पर्वतको कुश्मा नगरपालिका २ स्थित समिकोटमा बाटो खन्न लगिएको स्काभेटरमा आगलागी भएको छ ।

रातिको समयमा अज्ञात समूहले आगजनी गर्दा स्काभेटरमा क्षति पुगेको छ । छमर्के–खुर्कोट–कोटगाउँ सडक निर्माणका लागि ल्याइएको बा १ क ८३५९ नम्बरको स्काभेटरमा आगजनी भएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार आगजनीबाट जेसिबी पूर्ण रुपमा क्षति भएको जनाइएको छ ।

सम्बन्धित समाचार