0
Shares
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले सबैलाई टुकुचामा गाडिदिने भन्दै सरकारलाई कडा चेतावनी दिएका छन् ।
सोमबार राति फेसबुकमा स्ट्याटस लेख्दै मेयर शाह आक्रोशित भएका हुन् । सरकारको दम्भले गर्दा काठमाडौं महानगरको सरसफाइ कर्मचारीले विगत ३ महिनादेखि तलब नपाएपछि उनी आक्रोशित भएका हुन् ।
उनले लखेका छन्, ‘को-कोले के-के आन्दोलन गर्ने हो, मलाई थाहा छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाड्दिन्छु, त्योपछि हेरौँला तिमीहरूको के के तन्त्र हो ।’
सरकारले काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा कर्मचारीहरूको तलबसमेत रोकिँदै आएको छ । यसअघिका प्रमुख प्रशासकीय अधिकृतले नैतिक भ्रष्टाचार गरेको भन्दै मेयरले हाजिर गर्न दिएका छैनन् । यता, सरकारले उनैलाई काम गर्न निर्देशन दिँदै आएको थियो ।