सुनकोशीमा खस्यो टिप्पर, एक जना घाइते

0 Shares

काठमाडौं । काभ्रेको तेमाल गाउँपालिका ९ स्थित भण्डारीवेशीमा टिप्पर दुर्घटना भएको छ ।

गएराति सिन्धुलीको आँपघारीबाट रामेछापतर्फ जाँदै गरेको बा.५ ख १३५ नम्बरको टिप्पर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ ।

गिट्टी लोड गरिएको टिप्पर उकालोमा ब्रेक फेल भएर सुनकोशी नदीमा खसेको छ । दुर्घटनामा परेर चालक काभ्रेको भुम्लु गाउँपालिका १० घर भएका इन्द्र माझी घाइते भएका छन् ।

सम्बन्धित समाचार