१६ जना प्रहरीलाई एक हप्ताभित्र सम्पर्कमा आउन निर्देशन

0 Shares

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एक महिनाभन्दा बढी समयदेखि आफूखुशी बसेका १६ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।

प्रहरी महानिरीक्षकको कार्यालयले सूचना जारी गर्दै दुई जना प्रहरी सहायक निरीक्षक, १२ जना प्रहरी जवान र दुई जना प्रहरी कार्यालय सहयोगी आफू खुशी गैरहाजिर रहेको जानकारी दिएको हो ।

उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले सात दिनभित्र स्पष्टीकरणसहिता सम्पर्कमा आउन निर्देशन दिँदै सूचना जारी गरेको हो ।

सम्बन्धित समाचार