0
Shares
काठमाडौं । संखुवासभाको मकालु गाउँपालिका ३ सिद्धानेखर्कमा चट्याङ लागेर ४० भेडा मरेका छन् ।
शुक्रबार राति मकालु ३ सिम्माका टेकबहादुर मेघीको भेडीगोठमा चट्याङ लागेर ४० वटा भेडा मरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । गोठमा रहेका २५० भेडा रहेका थिए ।
इलाका प्रहरी कार्यालय हेदाङनामार्फत घटनाको थप जानकारी लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।