क्रिकेट खेल्न गएका बालक बिलाए

0 Shares

काठमाडौं । महोत्तरीको एकडारा गाउँपालिकामा क्रिकेट खेल्न गएका एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ ।

एकडारा गाउँपालिका ४ का श्रवण यादवका १० वर्षीय छोरा आलोक कुमारको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तुलालप्रसाद जैसवालले बताए ।

गाउँका साथीसँग सोही पालिका ३ स्थित वनमा रहेको एउटा खेतमा बनाइएको क्रिकेट मैदानमा खेल्न गएका आलोक खेल मैदान नजिकको पोखरीमा डुबेका उनको भनाइ थियो ।

सम्बन्धित समाचार