बसको ठक्करबाट एक जनाको मृत्यु

0 Shares

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका ६ भुलचोकमा बसले स्कुटरलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ ।

चितवनबाट हेटौँडातर्फ आइरहेको बा.४ ख ५५८२ नम्बरको बसले मनहरीबाट चितवनतर्फ जाँदै गरेको बा.प्र.०६–००२ प ४२३३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरलाई ठक्कर दिएको थियो ।

जसमा भरतपुर महानगर २ क्षेत्रपुर निवासी २८ वर्षीय आकाश बरामुको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सुनसरीको इटहरी उपमहानगर ७ का २८ वर्षीय बुद्ध लामा घाइते भएका छन् ।

उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार