विद्यार्थी नेता बस्नेत अनेरास्ववियुको केन्द्रीय कमिटी सदस्यमा मनोनीत

0 Shares

काठमाडौं । विद्यार्थी नेता गगन सिंह बस्नेत नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रीय कमिटी सदस्य मनोनीत भएका छन् । सानैदेखि राजनीतिमा लागेका उनी केन्द्रीय कमिटीमा मनोनीत भएका हुन् ।

उनले अनेरास्ववियुको संस्कृत तथा साधारण कमिटीको अध्यक्ष हुँदै विद्यार्थी राजनीतिमा होमिएका थिए । क्रान्तिकारी स्वभावका उनी विभिन्न तह कमिटी पार गर्दै अनेरास्ववियु साविक मैदी गाविस अध्यक्ष, ज्वालामुखी गाउँपालिकाको संयोजक हुँदै आफ्नो कार्यभार पूरा गरेका थिए ।

त्रिभुवन विश्वविद्यायलको आंगिक क्याम्पस आरआरबाट आफ्नो पढाईसँगै उनले आफ्नो राजनीतिलाई अगाडि बढाएका थिए । वैचारिक र विद्रोही स्वभावका उनले विद्यार्थी राजनीतिलाई रचनात्मक तरिकाले अगाडि बढाउनुपर्ने बताए ।

सम्बन्धित समाचार