0
Shares
काठमाडौं । अनियन्त्रित भएर कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कैलालीको अत्तरियाबाट महेन्द्रनगरतर्फ गइरहेको बा १७ च ९६४५ नम्बरको कार शनिबार साँझ गोदावरी नगरपालिका ३ को चौकीडाँडास्थित एक घरको भित्तामा ठोक्किएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा कार चालक कृष्णपुर नगरपालिका ४ बस्ने ३५ वर्षीय सिवित रानाको मृत्यु भएको हो । अनियन्त्रित भएको गाडी बहादुर कडाराको घरको भित्तामा ठोक्किएको थियो ।
गम्भीर घाइते भएका चालक रानाको राति साढे ९ बजे सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।