यी दुई क्याम्पसको स्ववियु सभापति निर्विरोध, को-को भए सभापति ?

0 Shares

काठमाडौं । दाङको दङ्गीशरण गाउँपालिका ६ स्थित सिद्धपृथ्वी जनता क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापतिमा अखिल (क्रान्तिकारी)का उम्मेदवारले मात्रै उम्मेदवारी दर्ता गरेपछि निर्विरोध नेतृत्व चयन भएको छ ।

नयाँ कार्यसमितिको सभापतिमा सुदीप चौधरी, उपसभापतिमा पूर्णिमा चौधरी, सचिवमा मनाङकिता कक्रेल, सहसचिवमा कोमल खड्का र कोषाध्यक्षमा सीता चौधरी चयन भएको क्याम्पस प्रमुख मनिराम चौधरीले जानकारी दिए ।

सदस्यहरुमा सुस्मिता चौधरी, सविता चौधरी, सङ्गीता चौधरी निर्विरोध भएका छन् ।

यस्तैm सिंजा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का सन्तोष आचार्य निर्विरोध निर्वाचित भएका छन् ।

चार वटा विद्यार्थी सङ्गठनको सहमतिका आधारमा मंगलबार आचार्य सभापतिमा निर्वाचित भएको निर्वाचन अधिकृत तीर्थबहादुर नेपालले जानकारी दिए ।

उनका अनुसार उपसभापतिमा अनेरास्ववियु विद्यार्थी संगठनका महेन्द्रराज बम र सचिवमा नेविसंघका राजिन्दा शाही निर्वाचित भए ।

कोषाध्यक्षमा अखिल समाजवादीका तुलराज तिरुवा र सदस्यहरुमा नेविसंघका राजन बम, अखिल समाजवादीका मोहन भण्डारी र सोविन्द बम निर्विरोध निर्वाचित भएको जनाइएको छ ।

सम्बन्धित समाचार