स्ववियु निर्वाचनका लागि ५५ क्याम्पसमा उम्मेदवारी दर्ता

0 Shares

काठमाडौं । आगामी चैत्र ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालयका ५५ आंगिक क्याम्पसमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ । अन्य सात क्याम्पसमा उम्मेदवारी दर्ता हुन नसकेको हो ।

काठमाडौं उपत्यकाका चार क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया स्थगित भएको छ । आजका लागि तोकिएको उम्मेदवारको मनोनयन दर्ता उपत्यकाका चार क्याम्पसमा हुन नसकेको त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याणकारी परिषद्ले जनाएको छ ।

विद्यार्थीहरूको विवाद, भर्नाको विषयलगायत कारणले नेपाल ल, पब्लिक युथ, सरस्वती क्याम्पस र विश्वभाषा क्याम्पसमा उम्मेदवारी दर्ता हुन नसकेको हो । योबाहेक मधेस २ र लुम्बिनीको १ क्याम्पसमा उम्मेदवारी दर्ता हुन सकेन ।

रोकिएका स्थानमा १५ दिनभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने हुन्छ ।

सम्बन्धित समाचार